काठमाडौं – नेपाल सरकारका २८ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।
ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका हुन् । बढुवाका लागि २१० जनाले उम्मेदवारी दिए पनि सम्भाव्य उम्मेदवारको संख्या १९५ रहेको थियो ।














