धनगढी – सातवटै प्रदेश प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले सुदूरपश्चिमसहित सातैवटा प्रदेशका १७ जना प्रहरी नायव महानरीक्षक (डीआईजी) को काज सरुवा गरेको हो ।
१ नम्बर प्रदेशमा डीआईजी श्यामलाल ज्ञवाली, मधेस प्रदेशमा वसन्तबहादुर कुवँर, बागमती प्रदेशमा डीआईजी दीपक थापा, गण्डकी प्रदेशमा बुद्धिराज गुरुङ, लुम्बिनी प्रदेश प्रमुखमा डीआईजी टेकप्रसाद राई, कर्णाली प्रदेशमा भीमप्रसाद ढकाल र सुदूरपश्चिम प्रदेशमा डीआईजी अशोक सिंहको काज सरुवा भएको छ ।
















