पोखरा- गण्डकीका मुख्यमन्त्री खगराज अधिकारले विश्वासको मत पाएका छन् । शुक्रबार प्रस्तुत प्रस्ताव माथिको मतदानमा उनले ३१ मत पाउँदा विपक्षमा २७ मत परेको छ ।
एमालेका अधिकारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् । एमालेबाट जितेका जेष्ठ सदस्य मित्रलाल बस्याल सभा अध्यक्षको भूमिकामा रहेकाले मतदानमा सहभागी भएनन् । स्वतन्त्र सांसद राजीव गुरुङ मतदानमा उपस्थित भएनन् ।















