बैतडी – बैतडीमा बुहारीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षिय पुरुषलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन ।
सोहि निवेदनको आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए। यसबारे थप अनुसन्धान भइरहेको छ ।













