धनगढी- लायन्स ईन्टरनेशनलका फाउण्डर मिलभिन जोनको १४४ औं जन्मजयन्ती धनगढीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । धनगढीमा क्रियाशिल विभिन्न ९ वटा लायन्स क्लवहरुको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरि फाउण्डर मिलभिन जोनको जन्मजयन्ती मनाइएको हो ।
जोनको १४४औं जन्मजयन्तीमा रक्तदान, खुल्ला हाजिरीजवाफ प्रतियोगिता तथा दिप प्रज्वलन, आर्थिक सहयोगलगायतका गतिविधि गरेर जन्मजयन्ती मनाइएको लायन्स क्लव अफ धनगढी इनोभोटिभका अध्यक्ष राकेश गुप्ताले बताए । उनका अनुसार रक्तदानमा २५ जनाले रक्तदान गरेका थिए भने हाजिरी जवाफ प्रतियोगितामा २५ जनाको सहभागिता रहेको थियो ।
कैलारी गाउँपालिका भगतपुर बस्ने १० वर्षीय ब्लड क्यान्सरपीडित हिमाल चन्दलाई आर्थिक सहयोगसमेत गरेको लायन्स क्लव अफ धनगढी इनोभोटिभका अध्यक्ष गुप्ताले बताए ।

















