• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

तीन वर्षमा १३२ नवजात शिशुको मृत्यु

  •   शनिबार, पुष ३०, २०७९ मा प्रकाशित

बैतडी- बैतडीमा नवजात शिशु मृत्युदरको अवस्था कहालीलाग्दो छ। पछिल्ला तीन आर्थिक वर्षमा १३२ नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७६/७७ मा ३३, २०७७/७८ मा ४८ र २०७८र७९ मा ५१ नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी तथा तथ्यांक अधिकृत विपिन लेखकले जानकारी दिए।

अन्य स्थानीय तहको तुलनामा गत आर्थिक वर्षमा जिल्लाको पुर्चौडी नगरपालिकामा सबैभन्दा बढी १३ र मेलौली नगरपालिकामा ११ नवजात शिशुको मृत्यु भएको छ। स्वास्थ्यका अन्य सूचकहरू सकारात्मक रूपमा अघि बढिरहेको अवस्थामा (२८ दिनभित्रका) नवजात शिशुको मृत्युदर बढ्दो अवस्थामा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

जन्मँदा कम तौलको बच्चा जन्मिने, निस्सासिनु, कुनै रोगको संक्रमण हुनु र कठ्यांग्रिएरलगायतका कारणले नवजात शिशुको मृत्यु हुने आशंका गरिएको उनले बताए। स्थानीय स्तरमा स्वास्थ्य संरचनाको अभाव, भएका स्वास्थ्य संरचनामा पनि जनशक्तिको अभाव, औजार उपकरणको अभाव, समयमा नै जटिलता पत्ता लाग्न नसक्ने र पत्ता लागे पनि निदान हुन नसक्नुलगायतका कारणले शिशु मृत्युदर बढेको आंकलन गरिएको उनले बताए। पोषण, स्वास्थ्य सेवाको पहुँचको कमी, स्वास्थ्य संस्थाहरूमा स्रोतसाधनको अभाव गरिबीलगायतका कारणले शिशु मृत्युदर बढेको हो।

जिल्लामा खोलिएका बर्थिङ सेन्टरलगायतका स्वास्थ्य संस्थामा थपिएका कर्मचारीको क्षमता अभिवृद्धिका कार्यक्रमहरू ल्याउन जरुरी रहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए। ‘बर्थिङ सेन्टर धेरै खोलिए, बर्थिङ सेन्टरमा उपकरण र दक्ष जनशक्तिको अभाव छ। समयमै जटिलता पहिचान भए पनि निदानका लागि व्यवस्था छैन, यी कारणले मृत्युदर बढेको आकलन गरिन्छ’ उनले भने।

स्वास्थ्य स्याहार गर्न नसकेर पनि शिशुको मृत्यु हुने गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख नारायणबहादुर चन्दले जानकारी दिए। प्रसूति केन्द्र र स्वास्थ्य संस्थाबाट प्रसूति गराएर लगेपछि नवजात शिशुको मृत्यु हुने घटना बढ्दो रहेको उनले बताए। ‘बिना कुनै लक्षण सुतेको अवस्थामा शिशुको मृत्यु भएको घटना बढ्दो छ, कुनै शिशुको निस्सासिएर मृत्यु भएको पाइन्छ। हेरचाहको कमीले शिशुको मृत्यु भएका उदाहरण धेरै छन्,’ स्वास्थ्य शाखा प्रमुख चन्दले भने।

जन्मदेखि नै बच्चाको स्याहारसुसारमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ। कम तौल भएको बच्चा जन्मिने गरेकाले पनि नवजात शिशुको ज्यान जोखिममा हुने गरेको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए।

‘बच्चा जन्मिएको समयमा न्यूनतम अढाई किलो ९२।५ किलो० तौल भएको हुनु पर्दछ, तर यहाँ कमतौल भएका बच्चा जन्मिने गरेका छन्। त्यसपछि उचित स्याहार नपाउनाले बच्चाको मृत्यु हुने गरेको छ’ उनले भने। कम तौलको बच्चा जन्मिएको अवस्थामा शीताङ्ग हुने र बच्चाको ज्यान जोखिममा हुने भएकाले न्यानो पार्ने र आमाले खानपानमा बढी ध्यान दिनुपर्ने उनले बताए।

नेपाल स्वास्थ्य तथा जनसंख्याङ्कीक सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार स्वास्थ्यका अन्य सूचकहरूमा सुधार भएको पाइए पनि नवजात शिशुको मृत्युदरमा भने कमी आउन सकेको छैन। प्रतिवेदनका अनुसार २०१६ देखि २०२२ सम्म प्रति एकहजार जीवित जन्ममा २१ नवजात शिशुको मृत्यु हुने गरेको छ।

२०११ देखि २०१६ सम्मको सोही प्रतिवेदनमा समेत एक हजार जीवित जन्ममा २१ नवजात शिशुको मृत्यु हुने गरेको विवरण सार्वजनिक गरिएका थियो। देशभरि नै नवजात शिशुको मृत्युदर कम गर्न चुनौती रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। बैतडीमा संस्थागत सुत्केरी हुने महिलाको संख्यामा पनि गिरावट आएको छ। २०७६र७७ मा ६४ प्रतिशत २०७७/७८ मा ८५ प्रतिशत रहेको संस्थागत सुत्केरी महिलाको दर २०७८/७९ घटेर ८२ प्रतिशतमा झरेको छ।

बैतडीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक सहरी स्वास्थ्यकेन्द्र र स्वास्थ्यचौकी गरेर १०४, प्राथमिक स्वास्थ्य केन्द्र २ र १ जिल्ला अस्पताल रहेको छ। यसैगरी जिल्लामा १ सय ३५ बर्थिङ सेन्टरहरू रहेका छन्। जिल्लामा मेलौली नगरपालिका— ३ बाहेक सबै वडामा स्वास्थ्य चौकीको स्थापना भई सेवा प्रवाह भइरहेको छ।अन्नपूर्णबाट

  • #शिशुको मृत्यु#
शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.