धनगढी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरको ठक्करले साइकलयात्रीको मृत्यु भएको छ।
अहिले ५ बजेतिर ट्याक्टरले ठक्कर दिँदा करिव २२ वर्षीया एक युवतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको झोला भित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ। त्यसमा ठेगाना बेदकोट नगरपालिका–१ लेखिएको छ।
परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व तर्फ गइरहेको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो।
ट्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको लालपुरस्थित प्रहरी चौकीका सई रामसिंह धामीले जानकारी दिए।













