धनगढी- उद्योग वाणिज्य संघ अत्तरियाले प्रदेश को राजधानी कार्यान्वयनको लागि दबाब दिन हस्ताक्षर अभियान थालेको छ । अत्तरियामा जारी महोत्सवको मूल गेटमा सर्बसाधारणहरु को हस्ताक्षर सुरु गरिएको संघका अध्यक्ष अशोकराज देवकोटाले बताए ।
उनले गोदावरी २ र ४ मा सरकारले प्रदेश को राजधानी घोषणा गरिएपनी भौतिक संरचना अहिलेसम्म निर्माण नगरेको भन्दै दबाब दिन अभियान थालेको बताए ।
महोत्सव अवधिभर हस्ताक्षर सङ्कलन गरिने देवकोटाको भनाई छ । हस्ताक्षर सङ्कलन भएपछि सरकारलाई बुझाइने संघको योजना रहेको छ । महोत्सव माघ ९ गते सम्म चल्ने छ ।













