धनगढी – सुदूरपश्चिम प्रदेशकी नवनिर्वाचित उपसभामुख कोइली चौधरीले कार्यभार सम्हालेकी छिन्। बुधवार पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले कार्यभार सम्हालेकी हुन्।
मंगलबार निर्वाचित उपसभामुख चौधरीले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिइन्। कार्यभार सम्हाल्दै उनले निष्पक्ष ढंगले भूमिका निर्वाह गर्ने बताइन् । सभामुखसँगको समन्वयको आधारमा अघि बढ्ने उनले बताइन ।













