धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंह धनगढी पुगेका छन् । बुधवार आइपुगेका सिंहले प्रदेश प्रहरीको कमान्ड सम्हालेका हुन् ।
प्रहरी प्रधान कार्यालयले डिआइजी मोहन कुमार आचार्यको ठाउँमा सिंहको सरुवा गरेर पठाएको थियो । उनी यसअघि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जमा कार्यरत थिए ।













