बैतडी – बैतडीका छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ। नेपाल भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका -४ जर्गका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ।
बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए । चन्दको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, चारदिनदेखि बेपत्ता रहेकी सिगास गाउँपालिका ६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका धामी थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी छन्। राधिका माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केकी बताइएको छ।
घाँस काट्न निस्केकी उनी घर नआएपछिे खोजी कार्य गर्दै जादा मृत भेट्टिएकी हुन्।













