सुर्खेत – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको छैठौँ बैठकमा मुख्यमन्त्री शर्माले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।
विश्वासको मत माग्दै शर्माले नागरिकले अपेक्षा गरेको विकासलाई पूरा गर्न समृद्ध कणर्णाली सुखारी कर्णालीवासीको दिर्घकालीन सोचलाई सार्थक बनाउने आधारशीलाको रूपमा समृद्ध कर्णाली अभियान सञ्चालन गर्ने बताएका छन् ।
कर्णालीका मुख्य दुश्मन रोगभोक र गरिबी भएको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले वार्षिक १० हजार कणर्णालीका नागरिकलाई रोजगारीमा जोड्ने गरी कार्यदल तयार पारिएको दाबी गरे ।













