परासी – पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ नारायणी नदी किनारमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन् । वयस्क पोथी गैंडा र गैंडाको बच्चा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए । पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेकाले चोरीसिकारीले मारेको हुन सक्ने अनुमान गरिएको छ । गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।













