काठमाडौं- जनमत पार्टीबाट खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अम्बदुल खानले मन्त्रालय हेरफेर नभए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
उनले भोलिसम्म मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने चेतावनी दिए । संसद भवनमा पत्रकारसँग कुरा गर्दै खानले आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी स्वीकार नगरेको बताए ।
उनले विकल्पमा छलफल भइरहेको भन्दै आइतबारसम्मको आश्वासन पाएकाले त्यसपछि मात्र के गर्ने भन्ने टुंगो लाग्ने बताए । जनमत पार्टीले उद्योग वाणिज्य आपूर्ति वा कृषि मन्त्रालय माग गरेको छ ।













