धनगढी- कैलालीमा आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष ५४ का प्रेम बिकले २०७७÷६÷२६ गते आफ्नै श्रीमती वर्ष ५० की विरमा विकलाई आफ्नै घरमा कुटपिट गरी हत्या गरेका थिए ।
अनुसन्धानबाट निजकै श्रीमानले कुटपिट गरी हत्या गरेको खुल्न आएपछि फरार विकलाई प्रहरीले शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विकलाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।













