धनगढी- कैलालीमा भन्सार छलीगरी ल्याउदै गरेको राँगा पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–७ भुँईयाफाटाबाट भन्सार छलीगरी ल्याउदै गरेको राँगा एक जोडी र भजनी नगरपालिकाको–७ हिम्मतपुर बाट एक जोडी राँगा शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ गरिएको राँगा इलाका प्रहरी कार्यालय हसुलिया र इलाका प्रहरी कार्यालय भजनीमा बुझाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।













