काठमाडौं –राष्ट्रिय योजनाको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। यसअघि पनि डा श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।













