धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिम प्रदेशमा भूकम्पले पुराएको क्षतिका बारेमा विवरण लिदैँ उद्धारमा खटिन निर्देशन दिएका छन् ।
सुरक्षा निकायका प्रमुखहरूलाई मुख्यमन्त्री रावलले ती जिल्लामा भएको क्षतिको विवरण संकलन र उद्धारमा खटिन निर्देशन दिएका हुन् ।
मंगलबार दिउँसो २ बजेर ४४ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर घाइते भएकाहरूको उपचारमा खटिन पनि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
बाजुरा र बझाङका दर्जनौँ घरमा क्षति पुराएको छ । अहिले सम्म एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री रावलले तत्काल क्षतिको विवरण समेत संकलन गर्न निर्देशन दिएका छन् ।













