सुर्खेत –कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले बुधबार शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
नेकपा एमालेबाट सामाजिक विकासमन्त्री बनेका जुम्लाका टेकराज पछाई र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीमा मुगुका जीतबहादुर मल्लले शपथ लिएका हुन् ।
यस्तै, माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्माले भूमि, व्यवास्था, कृषि तथा सहकारी मन्त्री र सुर्खेतका कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्रीको शपथग्रहण गरेका हुन् ।















