काठमाडौं – मधेस प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेपछि शुक्रबार बिहान नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहेका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले पदभार ग्रहण गर्दै मधेसको विकासका लागि हरेका जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्नका लागि मधेसको गौरव आयोजनाको रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । यसका साथै पछिल्लो सरकारको समयमा भएका कामहरुको समिक्षाका साथै बाँकी योजनाहरुको विषयमा योजना बनाएर काम गर्ने बताए ।













