• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

महाकाली पक्की पुलले जगाएको आशा

  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । यो नाका सञ्चालनमा आएपछि भारतका औद्योगिक सहर सहज पहुँच हुनेछ ।

विसं २०७४ मा सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण सम्पन्न गरिसकेको छ । तीन अर्बको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकका लागि चार मानव निर्मित ताल निर्माणधीन अवस्थामा छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधाराचाँदनी नगरपालिकामा चार लेनको पुल बनेको हो । सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको विकास भए समृद्ध सुदूरपश्चिम बन्ने यहाँका व्यवसायी बताउँछन् ।

भारतका प्रमुख व्यापारिक सहर यहाँबाट छोटो दुरीमा पर्छन । भारतको राजधानी दिल्ली यो पुलबाट साढे तीन सय किलोमिटरको मात्रै दुरीमा छ । अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट धेरै नजिक छन् ।

हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमन नहुँदा यहाँका व्यवसायीले सहज रूपमा आयात निर्यात गर्न पाएका छैन । सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारी साधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायी बताउँछन ।

महाकाली नदीमा पुल निमार्ण सम्पन्न भइसकेको र सुख्खा बन्दरगाह निमार्णको काम पनि अघि बढिसकेकाले सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने ठूलो अवसर आएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष मावध जोशीले बताए ।

उनले हाल प्रयोगमा आएको शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला हुने र त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएका कारण अहिलको पुलबाट भारत निर्यात हुने कच्चा पदार्थ निर्यात र भारतमा उत्पादित वस्तु आयात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता रहेको बताए।

“महाकालीमा बनेको पुल र सुख्खा बन्दरगाह सञ्चालनमा आए हाम्रो उत्पादनले विश्व बजारसंग प्रतिस्पर्धा गर्न सहज हुन्छ,” उनले भने, “यो सँगै तेस्रो मुलुकसँगको व्यापारको ढोका खुल्छ जसका कारण यहाँ हरेक किसिमका व्यापार व्यवसाय फष्टाउछन् ।”

उहाँले पश्चिमी नाका सुचारु भए मात्रै यहाँको विकासको ढोका खुल्ने बताउनुभयो । व्यवसाय मात्रै नभई पर्यटनको ठूलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल यहाँबाट तीन सय ५० किमिको दूरीमा रहेको छ । जसका कारण यो नाकाबाट आउने तेस्रो मुलुकबाट आउने पर्यटकका लागि सहज वातावरण नहुँदा पर्यटकको ठूलो सम्भावनासमेत गुमेको कञ्चनपुर होटेल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले बताए ।

उहाँनले सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भए पनि नाकाको असहजताकै कारणले यहाँको पर्यटन फष्टाउन नसकेको बताए । “महाकालीमा पुल बनिसक्यो अब यो नाकाबाट तेस्रो मुलुकका पर्यटक सहज रुपमा आउन जान सक्छन्,” उनले भने, “महाकाली नदी आफैँमा पर्यटकीय गन्तव्य बन्न यहाँ होटेल खुल्छन् र आर्थिक गतिविधि बढ्नेछन् ।”

उनले भारतसँग व्यापारिक मात्रै नभई धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले महाकाली पुलले ठूलो टेवा पुग्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल महाकाली पुल र सुख्खा बन्दरगाह यहाँको विकासका लागि कोसेढुङ्गा सावित हुने बताउछन् ।

“यो नाका सुचारु भए भारतका औद्योगिक सहरबाट कम लागतमा वस्तु आयात गर्न सकिन्छ,” उनले भने, “नेपालमा उत्पादित वस्तुले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ, व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा ठूलो टेवा पुग्छ ।” उनले यो नाका सुचारु भएपछि भारतका ठूला औद्योगिक सरहसँग नेपालको सिधा सम्पर्क हुने बताए ।

सुख्खा बन्दरगाह निमार्णसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने भए पनि नेपालले भने त्यसको पूर्वतयारीमा बस्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गाकर्ण अवस्थीले बताउनुभयो । “यो नाक सुचारु भए नेपाल भारतको सहज आवागमन हुन्छ लामो दुरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ,” उनले भने, “यहाँ औद्योगिक र कृषिको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउछ ।”

दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको निर्देशक अवस्थी बताउँछन् । “बन्दरगाहको काम सुरु भइसकेको छ अब हामीले त्यहाबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्व तयारीमा लाग्न जरुरी छ ।” उनले भने,“यहाँका उत्पादनहरु निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी छ ।” अर्कोतर्फ नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेकाले धार्मिक पर्यटनको विकास हुने उनले बताए ।

सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यहाँका हरेक पालिकामा औद्योगिक क्षेत्रमा लागि जग्गा छुट्याउनुपर्ने र सरकारले कृषिमा बढी लगानी गर्नुपर्ने उनले बताए । महाकाली नदीमा चार लेनको पुल निर्माणको काम सम्पन्न भइसकेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । पुलको छेउमै पर्यटकका लागि मानव निर्मित ताल निमार्ण निर्माणधीन अवस्थामा छ ।

महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले महाकाली नदीमा चारलेनको पुल निमार्णको काम सम्पन्न भएको बताए । “पुलसँगै निर्माण भएका पहुँच मार्ग पनि कालोपत्रे भइसकेको छ,” उनले भने, “पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।” उनका अनुसार पुलको उत्तरपट्टी एक वर्गकिलो मिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ० दशमलव तीन वर्ग किलोमिटरका दुई गरी चार पोखरी निर्माण हुँदैछ । अहिले पोखरीका लागि बाँध बाध्ने काम भइरहेको छ ।

“पोखरीको बीचमा तीन÷तीन टापु बन्छन् त्यहाँ डुङ्गा चढेर आउन जान सकिनेछ ।” उनले भने, “यहाँ पर्यटकको लागि आकर्षण गन्तव्य बन्नेछ ।” तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी चैत्रभित्र सक्नेगरी निर्माण अघि बढेको छ ।रासस

  • पक्की पुल
आइतबार, माघ १५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

समाचार

सबै

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.