धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका मेजर गम्भीर घाइते भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ वालमिकी स्कुल अगाडि मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका मेजर प्रेमबहादुर खत्री घाइते भएका हुन् ।
से ४ प १९८५ नम्बरको मोटरसाइकलमा सवार खत्री शनिवार राति १० बजे दुर्घटनामा परेका हुन् । मोटरसाइकल अनियन्त्रित भई उनी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार गम्भीर घाइते खत्रीको धनगढीस्थिती निसर्ग हस्पिटलमा उपचार भइरहेको छ । धनगढी उपमहानगरपालिका–१४ फुलबारी घर भएका खत्री दिपायलमा कार्यरत छन् ।













