• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

भारतले अचानक ब्यारेज खोल्दा नेपालतर्फ जोखिम

  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिका–१० सिसैयाका नरेन्द्र जोशी सोमबार बिहानै ट्र्याक्टर लिएर महाकाली पुगे । करिब ८ बजेतिर ट्र्याक्टर महाकालीको एउटा भँगालोको बीचमा पुगेको थियो । एक्कासि नदीमा पानीको सतह बढ्यो । उनलाई न अगाडि बढ्न सकिने न फर्किन सकिने अवस्था भयो । हेर्दाहेर्दै ट्र्याक्टर पूरै पानीमा डुब्न थाल्यो ।

चालक र मजदुरले ट्र्याक्टरमाथि चढेर ज्यान जोगाए । पानीको सतह झन्–झन् बढिरहेको थियो । पानीको वेगले ट्र्याक्टर पल्टिने जोखिम भइरहँदा सुरक्षाकर्मी पुगेर समन्वय गरेपछि भारतको उत्तराखण्डमा पर्ने शारदा ब्यारेजले केही मात्रामा पानी घटायो । कामदारको ज्यान जोगियो । सोमबार बिहान महाकाली नदीको भुजेला घाटमा पूर्वसूचनाबिना एक्कासि पानी छाडिँदा यस्तै पीडा भयो ।

शारदा ब्यारेजबाट पूर्वपट्टिको ढोका खोलिँदा केही कामदारसँगै नदीजन्य निर्माण सामग्री ढुवानी गर्ने ट्र्याक्टर र टिपरहरू नदीको बीच भागमै अड्किए । कतिपय बिग्रिए, कतिपय जेनतेन नदी तारिए । ‘यो पहिलो पटक भएको होइन, नदीमा धेरै ढुवानी साधन देखेपछि ब्यारेजका ढोका एक्कासि खोलिन्छ,’ जोशीले भने, ‘हरेक वर्ष पटकपटक हामीले यस्तै दुःख खेपिरहेका छौं ।’

उनका अनुसार महाकालीमा अचानक पानी छाडिँदा ८ वटा ट्र्याक्टर बीच भँगालोमै डुबेका थिए । ट्र्याक्टरसँगै चालक र कामदारलाई पानी घटेपछि निकालिएको थियो । हिउँदमा महाकालीमा पानीको सतह कम हुन्छ । शारदा ब्यारेजका ढोकामा खर तथा अन्य सामग्री राखेर पानी रोकिन्छ । ब्यारेजमा जम्मा पारिएको पानी नहर हुँदै लोहियाहेड पावर स्टेसन र उत्तर प्रदेशमा सिँचाइका लागि लगिन्छ ।

ब्यारेजमा कार्यरत कर्मचारीले तल्लो तटीय क्षेत्रमा निर्माण सामग्री ढुवानीका साधन फसेको वा बढी चलेको देखेमा एकाएक ढोका खोलेर दुःख दिने गरेका छन् । यसअघि पनि महाकाली नदी किनारमा तटबन्ध निर्माणका बेला एकाएक ढोका खोलिँदा निर्माण कार्य नै प्रभावित भएको थियो ।

पूर्वसूचनाबिना अनियन्त्रित रूपमा ढोका खोलिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम पनि पटकपटक प्रभावित भएको छ । ‘यस पटक पनि हामीलाई कुनै सूचना भएन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले भने, ‘सूचनाबिना नै पानी छाड्दा केही समस्या र क्षति भएको छ ।’ उनले सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको बैठकमा पटकपटक यो विषयमा पनि कुरा उठ्ने गरेको बताए ।

तर उत्तराखण्डमा पर्ने शारदा ब्यारेजको नियन्त्रण उत्तर प्रदेश सरकारमातहत भएका कारण समन्वयमा समस्या हुने गरेको भारतीय सुरक्षा निकायका प्रमुखको गुनासो रहेको उनले बताए । हिउँदमा मात्रै होइन, बर्खाका बेला पनि बाढी आउँदा पूर्वसूचनाको अभाव र नेपालतर्फकै ढोका खोलेर बढी क्षति हुने गरेको गुनासो पटकपटक उठ्ने गरेको छ ।

२०७० मा महाकालीको बाढीले भुजेला क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । त्यतिबेला शारदा ब्यारेजका कर्मचारीले पूर्व र पश्चिमका ढोका मात्रै खोलेको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सोमबारको घटनाका विषयमा सीमावर्ती क्षेत्रका डीएमसँग छलफल गरिने बताए । उनले काउन्टर पार्टको बैठकमा पछिल्लो पटक यो विषय नउठेका कारण आफूले जानकारी नपाएको बताए ।

 

  • ब्यारेज खोल्दा
मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

समाचार

सबै

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.