काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी ९पासपोर्ट० लिएको बताएका छन्।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्नेगरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाउँदै गर्नका लागि आफूले राखेको बताए । उनले आफूले त्यसको दुरुपयोग नगरेको भन्दै आफूले कुनै गल्ती नगरेको दाबी गरे।
१२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए।
तर, स्थायी रुपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजातहरु बनाउन थालेको उनको भनाइ छ। उनले अभिमन्यु भएर चक्रव्यूहभित्र छिर्न र निस्कन पनि सक्ने दाबी गरे।













