काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता भएको र इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् ।
आज प्रेस विज्ञप्ति जार्दै कोइरालाले आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै दुःख व्यक्तसमेत गरेका छन् ।
उनले भनेका छन्, ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।’














