धनगढी- नेपाली काँग्रेसका प्रदेश सभापति एवं प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले थारु समुदायको संस्कृति सबैको सम्पत्ति भएको बताएका छन् । गोदावरीमा नगर स्तरीय माघी मिलेन सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हुन् । थारु समुदायलाई हेर्ने दृष्टिकोण नै फेरिन आवश्यक रहेको उनले बताए ।
‘थारु, दलित, जनजाति समुदायका लागि राज्य छ भन्ने भान दिन सक्नुपर्दछ’, उनले भने । ‘त्यसका लागि आफ्नो तर्फबाट कुनै कुरा बाँकी राख्ने छैन ।’ उनले थारु समुदायमा रहेको भलमन्सा, गुरुबाहरूलाई सामाजिक मर्यादा दिनुपर्ने मान्यतामा आफू रहेको बताए । थारु समुदायका अधिकारका लागि संसदमा बुलन्द पार्ने उनको भनाइ छ ।
थारु समुदाय संस्कृतिमा धनी रहेको उनले बताए । ‘थारु समुदायका संस्कृति प्रति जानकार छु’, उनले भने । ‘संस्कृति र सभ्यतालाई बचाई राख्न आवश्यक छ ।’ थारु समुदायको पहिरन विश्वव्यापीकरण भएको भन्दै उनले खुसी व्यक्त गरे ।
यस्तै मंगलबार नेपाली कांग्रेस क्षेत्र नं. ४ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले आफूले निर्वाचनका समयमा बोलेका हरेक कुराहरूको ज्ञान अझै भएको र त्यसको झल्को आफूले सङ्घीय संसद् बाट पनि दिई सकेको बताए ।
‘निर्वाचनका बेला मैले बोलेका कुराहरूबाट म विमुख हुँदैन’ उनले भने ‘आफ्नो जिम्मेवारीबाट पछाडि हट्ने काम हुँदैन ।’ उनले देशमा भएको संविधानको अपदस्त गर्ने काम हुन लागेको समेत बताए ।













