सुर्खेत – सुर्खेत महोत्सवमा गायिका एलिना चौहानले प्रस्तुति दिइरहँदा हुलमा च्यापिएर एक जना घाइते भएका छन्। मंगलबार अपराह्न सुर्खेत महोत्सवमा गायिका चौहानले प्रस्तुति दिइरहँदा च्यापिएर घाइते एका ती व्यक्तिको नाम भने खुलेको छैन।
चौहानले ‘धोकेबाज’ गीत गाइरहेको बेलामा दर्शकहरुबीच पेलापेलको स्थित सृजना भएको थियो । हुलमा च्यापिएका उनको हात भाँचिनुका साथै पिठ्युँमा समेत चोट लागेको बताइएको छ। घाइतेको वीरेन्द्रनगरको देउती अस्पतालमा उपचार भइरहेको छ।













