धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि युवाको समूहबीच झडप भएको छ। बिहीवार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का १८ वर्षीय सन्दीप शाही, सागर पार्की, रोशन रावल र सुरेश बोहराको समूहबीच झडप भएको हो।
मुख्यमन्त्री कार्यालयअगाडि युवाहरूबीच आपसमा झडप हुँदा शाहीले खुकुरी निकालेको र झडप भएको प्रहरीले जनाएको छ।
झडपमा उनीहरू घाइते भएको बताइएको छ। उनीहरूलाई लडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिले घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले बताए।















