धनगढी – कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ ।
जिल्लाको कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीय गेदुराम दास र ४५ वर्षीय ललितादेवी चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बुधवार उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको बताए । डिएसपी चन्दकाअनुसार उनीहरू दुवै जना छिमेकी हुन् । उनीहरू दुवै जना विवाहित हुन् । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













