• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ४. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • १०. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

  •   शनिबार, फागुन २०, २०७९ मा प्रकाशित

अत्तरिया- कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो। यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन्। तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन्।

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बस्नुभएका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त छन्। उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पाल्छन्। कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिन्छन्। कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ। ‘कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन’, उनले भने, ‘मैलेमात्र महिनाको रु डेढदेखि दुई लाख आम्दानी गर्छु।’ पछिल्लो समय ग्राहकको माग धान्न नसकिरहेको उनको भनाइ छ।

सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौँबाट यता आएको सुनाए। सुरुमा रु ३० लाख उनको फार्ममा लगानी भएको छ। अहिले लगानी रु ६० लाख पुग्यो। फार्ममा आफ्नो परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन्। ‘दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौँ’, विकासले भने, ‘त्यसको प्रतिफल राम्रै छ।’

सो फार्ममा कालिजको माग देशभर र भारतबाट पनि आउँछ। ‘नेपालमा मात्र होइन भारतको केरालासमेतबाट माग आउँछ तर पुर्‍याउन सकेका छैनौँ’, उनले भने। कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ। त्यसैअनुसार यहाँ फराकिलो जङ्गल छ। कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ। आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ।

दश वर्षको सम्झौतामा वार्षिक रु एक लाख २५ हजार भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर सो व्यवसाय सुरु गरिएको हो। साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ। बिक्रीपछि अहिले ६ सयमात्र कालिज फार्ममा छन् । सो फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ। सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा सो फार्ममा धेरै लगानी भएको थियो। ‘फार्म हेर्नमात्र धेरै आउँछन्’, उनले भने, ‘ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौँ।’

फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उनको गुनासो छ। ‘कालिज, खुकुरा बिरामी भए आफैँ गएर औषधि ल्याउँछु। चार वर्ष अनुभव भयो’, उनले भने, ‘डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैँ खटिनुपर्छ ।’ उनले कुखुराका लागि छुट्टै फार्म निर्माण गरेका छन्। फार्ममा एक हजार गिरिराज कुखुरा छन्। सुरक्षा गर्न चारैतिर करेन्ट आपूर्ति, सिसी क्यामेरा र दुईवटा कुकुर राखिएका छन्।

कालिजपालन व्यवसाय नेपालमा नयाँ हो। यहाँ त्यसका अन्डा र चल्ला नेपालका सबै ठाउँमा पाइँदैन। विकासले ह्याचरिङसमेतको व्यवस्था गरेका छन्। अन्य पक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ। नेपालमा जहाँ पनि तौलेर नभई प्रतिगोटाका हिसाबले बिक्री गरिरहेकाले उनले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने गरेको बताए। उनका अनुसार रु तीन सय ५० देखि तीन हजार पाँच सयसम्ममा कालिज बिक्री हुन्छ। ‘दानापानी गरेर एउटा चल्लाकै लागत रु एक हजारसम्म पर्छ। ६ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई रु तीन हजारसम्ममा बिक्री गछौँ’, व्यवसायी विकासले भने।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको छ। विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको व्यवसायीको भनाइ छ। नेपाल सरकारले कालिजपालनलाई अनुमति दिएको लामो समय भइसकेको छैन। कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले माग हेरेर कालिजको सङ्ख्या बढाउने उनको लक्ष्य छ।

कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पुर्‍याउने योजना उनको छ। ‘ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुपर्‍यो मासुको बजारको समस्या छैन’, उनले भने। कालिज ६ महिनादेखि मासुका लागि तयार हुन्छ। भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ। पोथी भने नौ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ।

यसले माघदेखि असारसम्म अन्डा दिने र वर्षको एक मौसममा एउटा पोथीले ५० देखि ५५ वटा अन्डा पार्छ। तीस हजार अन्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ। सानो बच्चामै एक–दुईवटा खोप दिएपछि कुनै रोग कालिजमा देखिएको छैन। विकासले कालिजमा अन्य पक्षीजस्तो रोग नदेखिने गरेको बताए। कालिजका लागि पहाडी क्षेत्रको भू–भाग र हावापानी राम्रो हुन्छ।

‘कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ, त्यो भयो भने लागत पनि घट्न जान्छ’, उनले भने। फार्ममा पालिएका कालिज एक–अर्कालाई ठुङ्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ। विकासले राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक नहुँदा सबैभन्दा बढी समस्या हुने गरेको सुनाए। विकासले मात्र होइन, खानीडाँडामा कर्मचारीदेखि नेतासम्मले कालिजपालन गरेका छन्। कैलाश जोशी/ रासस

  • कालिजपालन
शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

समाचार

सबै

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ४.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.