धनगढी- कैलाली वितरक संघको अध्यक्षमा सिद्धराज पनेरु चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको प्रथम साधारण सभाले पनेरुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा रमेशकुमार पन्त, उपाध्यक्षमा महेन्द्रकुमार सिंह, महासचिवमा भरत खड्का, सचिवमा खेमकुमार चोखाल र कोषाध्यक्षमा कृष्णराज पन्त चयन भएका छन् ।
यस्तै सदस्यहरुमा धानेश्वरप्रसाद भट्ट, मानबहादुर विष्ट, खगेन्द्रप्रसाद चन्द, ताराप्रसाद जोशी, सिद्धराज भट्ट, बाशुदेव चटौत, देवेन्द्रबहादुर भण्डारी, तेजेन्द्र बोहरा, राकेश गुप्ता, लालकेश जैशी र प्रमिला भण्डारी चयन भएका छन् ।
संघका अध्यक्ष सिद्धराज पनेरुको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर रहेका थिए । कार्यक्रममा वितरण संघका केन्द्रीय सदस्यलगायत अतिथिको सहभागिता रहेको थियो ।















