धनगढी । सुदूरपश्चिम प्रदेश कराते महासङ्घको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेय चयन भएका छन्।
धनगढीस्थित रङ्गशालामा आज सम्पन्न भएको सुदूरपश्चिम प्रदेश कराते महासङ्घको अधिवेशनले त्रैलोक्यनाथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय सुदूरपश्चिम प्रदेश कराते महासङ्घको कार्यसमितिको चयन गरेको हो।
महासङ्घको उपाध्यक्षमा हिक्मत भण्डारी र डिल्ली सुवेदी, सचिवमा बहादुर सिंह ओड, सह९सचिवमा विनोद चन्द र पुष्पराज भट्ट, कोषाध्यक्षमा उमा महतो, सह९कोषाध्यक्षमा नरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा प्रभाव भण्डारी, नन्दकृष्ण जैशी, दिनेश रावल, हेमा भट्ट, विजय सिंह ऐरी, मोहन एसके, ओमप्रकाश पन्त र किरण बोहरा निर्वाचित भएका छन्।
त्यस्तै केन्द्रीय सदस्यमा गजेन्द्र साउदलाई चयन गरेको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मकेन्द्र बहादुर सिंह, राजेन्द्र अवस्थी, लीला सिंह बोहरा, दीपेन्द्र देउवा र मोहन एसके छनौट भएका छन्।
सुदूरपश्चिम करातेका प्रमुख प्रशिक्षक विमल खडायतको सभापतित्वमा सञ्चालित उद्घाटन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य प्रकाश बिक रहेका थिए।
यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सन्जीता चौधरी, नेपाल कराते महासङ्घका उपमहासचिव ओमकृष्ण प्रसाईँ, सुदूर पश्चिमाञ्चल क्षेत्रीय विकास समिति र कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखहरू एवं कर्मचारी, कराते लगायत विभिन्न खेलका प्रशिक्षकहरू र प्रदेशका स्वयंसेवक कराते प्रशिक्षकहरू र वरिष्ठ कराते खेलाडीहरूको उपस्थिति रहेको थियो।















