काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनले अब कांग्रेसले प्रतिनिधिसभामा प्रतिपक्षको बेञ्च नेकपा एमालेलाई छोड्ने बताए । “पूरानै गठबन्धन व्युतिएपति नयाँ समीकरण बनेको छ,” उनले भने, त्यसलाई मध्यनजर गरेर पार्टीले सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।”













