धनगढी- तराईमा पनि स्याउ फलेको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका–९ प्रतापपुरका गोकर्ण ओलीले एचआर 99 नामको स्याउ (ट्रोपिकल एप्पल) फलाएका हुन् ।
गोदावरी ड्रागन फ्रुटका सञ्चालक ओलीले गर्मी मौसममा फल्ने एचआर 99 नामको स्याउ एक वर्षअघि १२ सय बोट भारतबाट ल्याइएर लम्कीचुहा–९ प्रतापपुरमा तिन बिगाहामा स्याउ लगाएका छन् ।
अहिले बोटमा फल लाग्न सुरु भएको कृषक ओलीले बताए । सामान्य स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने गरेको पाइन्छ ।















