पोखरा- पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीका एक वडा सदस्यमाथि निर्घात कुटपिट भएको छ । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका ६२ वर्षीय मोती प्रसाद भुषालमाथि स्थानीय युवाबाट निर्घात कुटपिट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
कुटपिट वडा सदस्यको नाकको डाँडी भाँच्चिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घरायसी कुरामा सामान्य भनाभन हुँदा वडा सदस्यमाथि स्थानीय अशोक भुषाल सहितका दुई युवाहरुले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पवर्तका सहायक हवल्दार भेषबहादुर नेपालीले जानकारी दिए ।
घाइतेको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।















