कञ्चनपुर- सीमावर्ती भारतीय बजार टनकपुर नजिक बसले किच्दा ५ जनाको मृत्यु भएको छ। ८ जना घाइते छन्। सीमावर्ती भारतीय बजार टनकपुरनजिक ठूलीगाडमा बिहीबार बसले उनीहरुलाई ठक्कर दिएको हो ।
मृतक र घाइतेहरुको परिचय पनि खुल्न सकेको छैन। मृतक र घाइते सबै पूर्णागिरी माताको दर्शनका लागि जाँदै थिए। स्थानीय प्रहरीका अनुसार ठूलीगाडमा उक्त दुर्घटना भएको र दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन् ।
प्राप्त जानकारी अनुसार बसले सडकमा भएका यात्रुहरुलाई किचेको थियो। घाइतेहरुलाई उपचारका लागि टनकपुर अस्पताल लगिएको बताइएको छ।













