काठमाडौँ- गृह मन्त्रालयले कोसी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रहरी प्रमुख खटाएको छ । प्रधान कार्यालय स्रोतका अनुसार कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा एसएसपी राजेशनाथ बास्तोला र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा एसएसपी भरतबहादुर बोहरालाई खटाइएको हो ।
यसअघि कोसी प्रदेश प्रहरी प्रमुख रहेका विवादास्पद डिआइजी श्यामलाल ज्ञवाली प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा भएपछि कोसी प्रदेश प्रहरी कार्यालय नेतृत्वविहीन थियो । गृह मन्त्रालयले कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको प्रमुख रहेका एसएसपी बास्तोलालाई कोसी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।
यस्तै तत्कालीन डिआइजी अशोक सिंहले राजीनामा दिएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पनि नेतृत्वविहीन थियो । नेपाल प्रहरी प्रधान कार्यालयको प्रहरी निरिक्षणालयमा कार्यरत एसएसपी बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएको बताइएको छ ।















