• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शुक्लाफाँटामा खरमजुर गणना

  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अध्ययन सुरु भएको छ । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा यसै सातादेखि गणना सुरु गरिएको हो । विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुर नेपालमा ६५ देखि १ सयको संख्यामा रहेको अनुमान छ । ग्रीष्मयामको सुरुवातदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय मानिन्छ । यो समयमा खरमजुर घाँसे मैदानमा देख्न पाइन्छ ।

शुक्लाफाँटाको विशाल घाँसे मैदानमा यसको अनुगमन भइरहेको छ । चैत ८ देखि सुरु भएको गणनाअन्तर्गत हालसम्म ४ वटा खरमजुर भेटिएको संघका परियोजना सहायक हिरूलाल डगौराले बताए । ‘साँझबिहानको समय भाले पोथी भेट्ने समय हो,’ डगौंराले भने, ‘यही अवधिमा हामीले पनि देख्न सक्छौं ।’

उनका अनुसार भेन्टेज प्वाइन्ट विधिबाट खरमजुरको गणना भइरहेको छ । यो विधिअनुसार सुरुमा खरमजुर पाइने निश्चित स्थानलाई विभिन्न केन्द्रमा विभाजन गरिन्छ । उक्त केन्द्रमा एउटा टोलीले कम्तीमा दुई घण्टासम्म चारैतिर वाइनाकुलर र टेलिस्कोपको सहायतामा हेर्छ र क्यामेराले तस्बिर लिन्छ । ५ प्राविधिक दुई समूहमा विभाजन गरिएको छ ।

निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै हरैया, लालपानी र अर्जुनीलगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरिएका छन् । सबै केन्द्रमा गणना सकिएपछि मात्रै नतिजा यकिन गर्न सकिने डगौराले बताए । सन २०२१ म गरिएको गणनामा शुक्लाफाँटामा ७ खरमजुर भेटिएको डगौराले बताए । यस पटक पनि ७र८ कै हारहारीमा भेटिन सक्ने उनको अनुमान छ । खरमजुर घाँसे मैदानमै बस्ने पन्छी हो । यसको रंग पनि घाँसजस्तै हुन्छ ।

निकुञ्जको विशाल घाँसे मैदानमा व्यवस्थापन गरिएको क्षेत्रमा खरमजुर देखिन्छ । वन्यजन्तुकै भीडमा यो पन्छी देखिने डगौरा बताउँछन् । वनमै पाइने फल र किरा यसको मुख्य आहारा हो । गोबरमा पाइने किरा खानका लागि यो चरा वन्यजन्तुसँगै आउने गरेको छ ।

५४ वर्गकिलोमिटर क्षेत्रमा रहेको घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । साँझबिहानको समयमा यहाँ सयौंको संख्यामा बाह्रसिंगा देख्न सकिन्छ । तिनै बाह्रसिंगाको भीडमा कहींकतै खरमजुर पनि देखिने गरेको डगौरा बताउँछन् । शुक्लाफाँटामा पछिल्लो गणना अनुसार ४ सय ५४ प्रजातिका चरा छन् । खरमजुर विश्वमै संकटापन्न अवस्थामा छ ।

नेपाल, भारत, क्यम्बोडिया र भियतनाममा मात्रै पाइने यसको संख्या १ हजारभन्दा कम छ । खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छ । करिब एक सातासम्म गणनापछि नतिजा सार्वजनिक गरिनेछ । पन्छी संरक्षण संघका प्राविधिक डगौराका अनुसार अहिले कोशीटप्पुमा पनि गणना जारी छ । सबैभन्दा बढी खरमजुर कोशी टप्पुमै रहेको उनले बताए ।

 

  • खरमजुर गणना
मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.