धनगढी– नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका पुष्पराज कुँवर सहितको टोली चुनावी अभियान जुटेको छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कुँवर र केन्द्रीय सदस्यकै अर्का उम्मेदवार पिताम्बर जोशी सहितको टोली चुनावी अभियानमा जुटेको हो । सो अभियान अन्तर्गत उनीहरूले आज कैलालीको टीकापुर र बर्दियाको गुलरियाका उद्योगी व्यवसायीसंग भेटघाट गरेका छन् ।
टोलीले टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाडी सापकोटासहितका उद्योगी व्यवासायीलाई भेटघाट गरेको छ । भेटका क्रममा सापकोटाले चुनावमा आफ्नो पूर्ण सहयाेग रहने आश्वासन दिए ।
यस्तै टोलीले बर्दियाको गुलरिया उद्योग वाणिज्य संघका निर्वाचन अध्यक्ष वीरबहादुर चौधरी सहितका उद्योगी व्यवसायीसंग भेटघाट गरेको छ । उम्मेदवार जोशी कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् ।
टोलीमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीलगायत छन् ।
महासंघको ५७ औं वार्षिक चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।













