चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ पनि आजै गर्ने तयारीमा आफू रहेको बताएका छन् ।
बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सकभर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने प्रयास भइरहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए । उनले आफू चितवनवासी भएको नाताले चितवनको विकासमा आफू लागिरहने प्रतिबद्धता जनाए ।















