काठमाडौं- वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उवनिर्वाचनमा उम्मेदवार चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक सूची सार्वजनिक गरेको छ। रास्वपा दलको विधानको धारा ७१ अनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नाम बिहीबार सार्वजनिक गरिएको हो।
केन्द्रीय निर्वाचन आयोग प्रमुख नारायण प्याकुरेलले प्रारम्भिक निर्वाचनमा सहभागी हुनेको नाम सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको उम्मेदवारको सूचीमा चर्चितको व्यक्तिको नाम छ ।
सार्वजनिक नाम अनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछानेको नाम एकल रुपमा सिफारिस छ । यस्तै, तनहुँ १ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम सार्वजनिक गरिएको छ। वाग्लेले बिहीबार मात्र कांग्रेस परित्यागको घोषणा गरेका थिए।
यस्तै, बारा २ बाट रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक मतदानका लागि सार्वजनिक गरिएको छ। रमेश खरेल नेपाल प्रहरीका पूर्व डीआईजी हुन् ।














