काठमाडौं- आगामी बैशाख १० मा उपनिर्वाचन हुने क्षेत्रहरुमा २०७९ सालभन्दा अघि बागी उठेका कांग्रेस नेताहरुको कारबाही फुकुवा भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकबाट कांग्रेसले यस्तो निर्णय गरेको हो ।
बैठकपछि पार्टीको निर्णय सुनाउँदै सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुको पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा भएको जानकारी दिए ।
यद्यपि, २०७९ को निर्वाचनका हकमा भने उपनिर्वाचनमा नेताहरुले खेलेको भूमिकालाई हेरेर पछि निर्णय लिइने उनले बताए ।















