काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका रवि लामिछानेविरुद्ध युवराज पौडेलले दायर गरेको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।
सोमबार दर्ता गरेर मंगलबारका लागि न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिए पनि उक्त मुद्दा हेर्न नमिल्नेमा राखिएको हो ।
लामिछानेविरुद्धको मुद्दा यसअघि पनि उनै सिन्हाले हेरेकाले पनि यो मुद्दा हेर्न नमिल्नेमा राखिएको भनिएको छ । यसअघि प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, पौडेलले भने महान्यायाधिवक्ता कार्यालयको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै सोमबार सर्वोच्च अदालत गएर मुद्धा दर्ता गराएका हुन्।
पौडेलले आजै निर्वाचन अधिकृतको कार्यालय चितवनमा पनि रविको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।













