काठमाडौं । नेपालमा हाल स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।















