धनगढी- कैलालीको धनगढीबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। सवारी ज्यान मुद्दाका फरार प्रतिवादी धनगढी उप–महानगरपालिका– ४ का ६० बर्षीय आसवानी शर्मा पक्राउ परेका हुन् ।
सवारी ज्यान मुद्दामा जिल्ला अदालत कैलालीले उनलाई १ महिना कैद ३ सय जरीवाना फैसला गरेको थियो । उनलाई जिल्ला अदातल कैलालीले २०५८ साल असोज १० गते सजाय तोकेको थियो।
लामो समयदेखि फरार सूचिमा रहेका शर्मालाई आस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका शर्मालाई जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।















