टीकापुर- कैलाली टिकापुर नगरपालिकामा बाघको आक्रमणबाट एक युवक ाइते भएका छन् । टीकापुर–८ श्रीलंकाका २७ वर्षका पवन आउजी माथि शुक्रबार बिहान साढे १० बजे आक्रमण गरेको बताइएको छ ।
स्थानीयका अनुसार घर नजिकै नेपाल भारत सिमा नजिकैको १००/९८ पिलर नजिक गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको हो। घाइते आउजीको दायाँबायाँ हात र बायाँ कानमा चिथोरिएको छ ।
बाघले मान्छे आक्रमण गरेको जानकारी पछि खटिएका सशस्त्र प्रहरी बलले घाइतेलाई उपचारका लागि बर्दिया राजापुर पठाएको जानकारी दिएको छ । साथै सशस्त्रको विओपी श्रीलंकाको टेली त्यस क्षेत्रमा परिचालन गरिएको छ । स्थानीय प्रशासनले स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।













