धनगढी- अत्तरिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कैलालीको अत्तरिया स्थित नेकपा (एमाले) पसचिव लेखराज भट्ट निवास पुगेका छन् ।
आइतबार बिहान सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर जाने क्रममा प्रचण्ड गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियामा रहेको भट्ट निवास पुगेका हुन् ।
सो क्रममा भट्टले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरे । प्रधानमन्त्री प्रचण्ड सहितको टोलीले भट्ट निवासमा खाजा समेत खाएको छ ।
भट्टका सचिवालयले यसलाई परिवारिक भेटघाट भनेको छ । भट्ट यसअघि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए । त्यसबेला उनी प्रचण्डको विश्वास पात्रसमेत थिए । नेकपा विभाजन पछि भने भट्ट एमालेमै रहे ।













