धनगढी- कञ्चनपुरमा प्लास्टिकका झोला, पिलेट, गिलास र गुट्खा बिक्रीवितरणमा रोक लगाइएको छ। सोमवारको जिल्ला सभाले जिल्लाका सबै पालिकाहरुमा प्लाष्टिकका झोला र गुट्खा बिक्रीवितरण गर्न प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
समन्वय समितिको जिल्ला भेलाबाट प्लास्टिकजन्य बस्तु बिक्रीमा रोक लगाउने निर्णय भएको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले बताए। उनले जिल्लाका सातवटा नगरपालिका र दुई गाउँपालिकामा एक महिना समय दिने र एक महिनापछि भने पूर्ण बन्देज गर्ने भनेर निर्णय पारित गरिएको बताए ।
नगर प्रमुख बोगटीका अनुसार जिल्लाका सबै स्थानीय तहमा प्लास्टिकका झोला, पिलेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाइएको हो ।













