काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने योजनामा अडियो बाहिर ल्याइएको बताएका छन् । रास्वपाको बुधबार आयोजित केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नो हुुँदै नभएको अडियो बाहिर ल्याएर पार्टिका तीनै जना उम्मेदवारलाई हराउने षड्यन्त्र गरिएको बताएका हुन् ।
उनले आफ्नो कारणले पार्टी, उपचुनाव र म आफ्नै मान प्रतिष्ठामा घात परेको भन्दै क्षमायाचना गरेका छन् । उनले आफू पार्टीको निलम्बनमा परिसकेको उल्लेख गर्दै आफूलाई षड्यन्त्र भएको विषयमा अदालतमा गइसकेकाले क्लिन चिट पाएर फर्किने पनि बताएका छन् ।
उनले आफ्नो कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको भन्दै क्षमा पनि मागेका छन् । तर, यो चुनावको मुखमा गरिएको षड्यन्त्र भएकाले भोट दिएर पार्टीको उम्मेदवारलाई निर्धक्कका साथ अत्यधिक बहुमतले जिताउन उनले आग्रह गरे ।
डिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड बार्गेनिङ गरेको विषय बाहिरिएपछि उनी विवादमा तानिएका छन् । पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको छ ।













