धनगढी- कैलालीको धनगढीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। चोरी मुद्दामा कैलाली जिल्ला अदालतबाट २०७६ पुस १५ गतेको फैसलाले २ महिना ८ दिन कैद र १० हजार जरिवाना भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले धनगढी वडा नम्बर ११ का २२ बर्षीय दिनेश रानालाई पक्राउ गरिएको बताए। खोज तलासका लागी जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बधुवार बिहान १० बजे रानालाई धनगढी उपमहानगरपालीका ११ बाटै पक्राउ गरेको हो । पक्राउ परेका रानालाई कैलाली जिल्ला अदालतमा दाखिला गरिएको बताइएको छ।













